Sunday, July 19, 2026
Homeखेलकुदएम्बाप्पेको विश्वकपमा नयाँ इतिहास, मेसीको कीर्तिमान तोड्दै बने सर्वाधिक गोलकर्ता

एम्बाप्पेको विश्वकपमा नयाँ इतिहास, मेसीको कीर्तिमान तोड्दै बने सर्वाधिक गोलकर्ता

काठमाडौं । फ्रान्सका कप्तान केलियन एम्बाप्पेले फिफा विश्वकप २०२६ मा नयाँ इतिहास रचेका छन्। इङ्गल्यान्डविरुद्ध तेस्रो स्थानका लागि भएको खेलमा दुई गोल गर्दै उनले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको नयाँ कीर्तिमान आफ्नो नाममा लेखाएका हुन्।

दोस्रो हाफको ४८औँ मिनेटमा व्यक्तिगत पहिलो गोल गर्दै एम्बाप्पेले प्रतियोगितामा आफ्नो नवौँ गोल पूरा गरेका थिए। उक्त गोलसँगै उनले अर्जेन्टिनाका कप्तान लियोनेल मेसीको विश्वकपमा सर्वाधिक २१ गोलको कीर्तिमान बराबरी गरेका थिए।

त्यसपछि ६६औँ मिनेटमा अर्को उत्कृष्ट गोल गर्दै एम्बाप्पेले प्रतियोगितामा आफ्नो व्यक्तिगत गोल संख्या १० पुर्‍याए। यससँगै विश्वकपमा उनको कुल गोल संख्या २२ पुगेको छ, जसले उनलाई विश्वकप इतिहासकै सर्वाधिक गोलकर्ता बनाएको छ।

यद्यपि एम्बाप्पेको उत्कृष्ट व्यक्तिगत प्रदर्शन फ्रान्सलाई जित दिलाउन भने पर्याप्त भएन। रोमाञ्चक खेलमा फ्रान्स इङ्गल्यान्डसँग ६–४ गोलले पराजित हुँदै प्रतियोगिताको चौथो स्थानमा सीमित रह्यो।

व्यक्तिगत रूपमा नयाँ इतिहास रचे पनि टोलीगत सफलता हात पार्न नसक्दा एम्बाप्पेको कीर्तिमानमाथि हारको छायाँ परेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका