Sunday, April 26, 2026
Homeशिक्षापाकिस्तानद्वारा बाफलस्थित ज्ञानोदय माविमा कम्प्युटर प्रयोगशाला निर्माण

पाकिस्तानद्वारा बाफलस्थित ज्ञानोदय माविमा कम्प्युटर प्रयोगशाला निर्माण

काठमाडौँ । पाकिस्तानले बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालयका लागि कम्प्युटर प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ। नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच. हास्मीले शनिबार नवनिर्मित प्रयोगशालाको उद्घाटन गरेका हुन्।

उद्घाटन समारोहमा बोल्दै राजदूत हास्मीले विद्यालयको नेतृत्व, शिक्षक तथा समुदायको सक्रिय सहभागिताले शैक्षिक उन्नयनमा महत्त्वपूर्ण योगदान दिएको बताए। उनले सूचना–सञ्चार प्रविधि, कृत्रिम बौद्धिकता र नवप्रवर्तनका क्षेत्रमा अवसर खोज्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए।

पाकिस्तानी दूतावासले जारी गरेको प्रेस विज्ञप्तिअनुसार कार्यक्रममा पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबाबु कोइराला, काठमाडौँ महानगरपालिका–१३ का वडाध्यक्ष ध्रुवनारायण मानन्धर, जिल्ला शिक्षा समन्वय एकाइका प्रमुख समन्तमणि आचार्य, प्राचार्य विष्णु घिमिरे लगायतको उपस्थिति थियो।

पाकिस्तानले सन् २०१३ देखि विद्यालयको कम्प्युटर प्रयोगशालाका लागि फर्निचर, कम्प्युटरलगायत उपकरणमा सहयोग गर्दै आएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका