Sunday, July 5, 2026
Homeखेलकुदत्रिदेशीय टी–२० शृंखला आजदेखि सुरु, नेपाल भोलि नेदरल्यान्ड्ससँग भिड्ने

त्रिदेशीय टी–२० शृंखला आजदेखि सुरु, नेपाल भोलि नेदरल्यान्ड्ससँग भिड्ने

काठमाडौं: स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला सुरु हुँदैछ। पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्। खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।

नेपालले आफ्नो पहिलो खेल भोलि (सोमबार) नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाली टोलीमा यसपटक रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक खेल्ने अवसर पाएका छन्।

तर, अभ्यास खेलका क्रममा घाइते भएका तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा यस शृंखलाबाट बाहिरिएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका