काठमाडौं: स्कटल्यान्डमा आजदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखला सुरु हुँदैछ। पहिलो खेलमा आज घरेलु टोली स्कटल्यान्ड र नेदरल्यान्ड्स आमनेसामने हुनेछन्। खेल ग्लास्गोमा नेपाली समयअनुसार साँझ ६:४५ बजे सुरु हुनेछ।
नेपालले आफ्नो पहिलो खेल भोलि (सोमबार) नेदरल्यान्ड्ससँग खेल्नेछ। नेपाली टोलीमा यसपटक रुपेश सिंह र किरण ठगुन्नाले पहिलो पटक खेल्ने अवसर पाएका छन्।
तर, अभ्यास खेलका क्रममा घाइते भएका तीव्र गतिका बलर सोमपाल कामी र अलराउन्डर गुलशन झा यस शृंखलाबाट बाहिरिएका छन्।


