Sunday, June 7, 2026
Homeअपराध र घटनाझाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा

झाँक्री प्रकाश भुजेल पुर्पक्षका लागि थुनामा

काठमाडौँ: काठमाडौँको ब्रम्हखेलमा भएको दुर्घटनाका कारण झाँक्री प्रकाश भुजेललाई थुनामा राख्न अदालतले आदेश दिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीका अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको हो।

कार्तिक २८ गते शंखरापुर नगरपालिका–९, ब्रम्हखेलमा झाँक्रीले चलाएको जिपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको ज्यान गएको थियो। उक्त दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए।

झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नगरकोटी दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक नगरकोटीका दुई बच्चा रहेका छन्। यस घटनाको अनुसन्धान गरेर प्रहरी वृत्त बौद्धले प्रतिवेदन बुझाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका