Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियस्पेनले चुम्यो चौथो पटक युरोकप उपाधि: इंग्ल्याण्ड उपविजेतामै सीमित

स्पेनले चुम्यो चौथो पटक युरोकप उपाधि: इंग्ल्याण्ड उपविजेतामै सीमित

काठमाडौ: स्पेनले चौथोपटक युरो कप २०२४ को उपाधि चुमेको छ। जर्मनीको बर्लिनमा सम्पन्न फाइनलमा इङ्ल्यान्डमाथि २-१ को जित निकाल्दै स्पेनले सो उपाधि चुमेको हो।

दोस्रो हाफको सुरुवातमै स्पेनले गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएको थियो। लामिन यमालको पासमा निको विलियम्सले पहिलो गोल गरेका थिए।

७३औं मिनेटमा इङ्ल्यान्डका कोल पालमरले गोल गरी खेललाई बराबरी गरे। तीन मिनेट अघि मैदान प्रवेश गरेका उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे।

तर ८६औं मिनेटमा स्पेनले विजयी गोल गर्‍यो। मार्क कुकुरेलाको क्रसमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जित दिलाए।

स्पेनको यो चौथो युरो उपाधि हो। इङ्ल्यान्ड भने लगातार दोस्रोपटक पनि युरो कप फाइनलमा पराजित भएको छ। इङ्ल्यान्डले युरो कप उपाधि जित्न सकेको छैन।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका