Tuesday, July 7, 2026
Homeअपराध र घटना६ किलो सुन प्रकरण: बलराम गुप्ताको ७३ लाख रुपैयाँ जफत गर्न विशेष...

६ किलो सुन प्रकरण: बलराम गुप्ताको ७३ लाख रुपैयाँ जफत गर्न विशेष अदालतको फैसला

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा ६ किलो सुनसहित पक्राउ परेका बलराम प्रसाद गुप्ताबाट बरामद भएको ७३ लाख ३० हजार ५ सय रुपैयाँ जफत गर्ने फैसला सुनाएको छ।

मंगलबार न्यायाधीश हेमन्त रावल, डिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले नगद रकमको वैध स्रोत पुष्टि हुन नसकेकाले जफत गर्ने निर्णय गरेको हो।

यसअघि बलराम गुप्ताको साथबाट ६ किलो सुन र ७३ लाख ३० हजार ५ सय रुपैयाँ नगद बरामद भएको थियो। सुनको विषयमा भने उनी सुन चोरी–पैठारी सम्बन्धी मुद्दामा यसअघि नै दोषी ठहर भइसकेका छन्।

सोही आधारमा सरकारले बरामद नगद रकम पनि अवैध सुन कारोबारबाट आर्जित भएको दाबी गर्दै उनीविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरेको थियो।

विशेष अदालतले सरकारी दाबीलाई स्वीकार गर्दै नगद रकमको वैध स्रोत पुष्टि नभएकाले उक्त रकम जफत हुने फैसला सुनाएको हो।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका