Saturday, September 5, 2026
Homeअर्थ र ब्यापार२०० रुपैयाँले घट्यो सुनको मूल्य

२०० रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ । गत आइतबार अघिल्लो हप्ताको शुक्रबारकै मूल्य कायम हुँदै प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार २०० रुपैयाँले घट्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला  ९२ हजार २०० रुपैयाँ कायम भएको छ भने, चाँदी प्रतितोला एक हजार ३१० रुपैयाँ कायम भएको छ । यता तेजाबी सुनको मूल्यसमेत सोमबार प्रतितोला २०० रुपैयाँले घट्दै ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका