Monday, August 10, 2026
Homeखेलकुदहालरको ४ गोलमा अयाक्सको फराकिलो जित

हालरको ४ गोलमा अयाक्सको फराकिलो जित

३१ भदौ, काठमाडौं । स्टेभेन हालर एक्लैले चार गोल गरेपछि अयाक्सले यूईएफए च्याम्पियन्स लिगमा शानदार जित हात पारेको छ । हालर ह्याट्रिक प्रेरित डच क्लब अयाक्सले समूह सी को खेलमा पोर्चुगिज क्लब स्पोर्टिङ सिपीलाई ५-१ ले पराजित गरेको हो ।

हालरले खेलको दोस्रो, नवौं, ५१औं र ६३औं मिनेटमा गोल गरे । यस्तै स्टेभेन बर्गुयसले ३९औं मिनेटमा एक गोल गरे ।

स्पोर्टिङका लागि पाउलिन्होले ३३औं मिनेटमा एक गोल गरे ।

समूह सी कै अर्को खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले टर्किस क्लब बेसिकटासलाई २-१ ले पराजित गरेको छ ।

डर्टमण्डका लागि जुडे बेलिङहमले २०औं र हर्लिन हालान्डले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । बेसिकटासका लागि फ्रान्सिस्को मोन्टेरोले खेलको इन्जुरी टाइममा सान्त्वना गोल फर्का।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका