Sunday, July 5, 2026
Homeअन्तराष्ट्रिय"हामी युद्धविराम होइन, वास्तविक अन्त्य खोजिरहेका छौं" — अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प

“हामी युद्धविराम होइन, वास्तविक अन्त्य खोजिरहेका छौं” — अमेरिकी पूर्व राष्ट्रपति ट्रम्प

काठमाडौं: अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान–इजरायल द्वन्द्वको विषयमा प्रतिक्रिया दिंदै भनेका छन्, ‘हामी युद्धविरामभन्दा राम्रो केही खोजिरहेका छौं।’

जी–७ शिखर सम्मेलनबाट फर्कँदै गर्दा ‘एयर फोर्स वन’ विमानमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले युद्धविरामलाई स्थायी समाधान नठानिएको संकेत दिए। ट्रम्पले भने, “म युद्धविरामको अपेक्षा गरेको होइन, हामी युद्धविरामभन्दा राम्रो कुरा खोजिरहेका छौं।”

पत्रकारहरूले “युद्धविरामभन्दा अझ राम्रो के हो?” भनेर सोध्दा उनले छोटो जवाफ दिए, “वास्तविक अन्त्य — युद्धविराम होइन।”

ट्रम्पले इजरायलको समर्थनमा आफ्नो अडान दोहोर्‍याउँदै भने, “याद राख्नुहोस्, इरानसँग आणविक हतियार हुन सक्दैन। हामी अहिले धेरै राम्रो गरिरहेका छौं।”

तेहरानका नागरिकहरूलाई सुरक्षित राख्न चाहेको स्पष्ट गर्दै उनले भने, “म चाहन्छु मानिसहरू सुरक्षित रहून्।” उनले इरानका मानिसहरूलाई बाहिर निकाल्ने आह्वानसमेत यसअघि सार्वजनिक गरेका थिए।

उनको यो अभिव्यक्ति इरान–इजरायल तनाव अझ चुलिएको समयमा आएको हो, जब विश्व समुदाय युद्धविरामको अपेक्षामा रहेको छ। यद्यपि ट्रम्पको विचारमा दीर्घकालीन शान्तिको लागि केवल युद्धविराम पर्याप्त छैन।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका