Sunday, July 5, 2026
Homeअर्थ र ब्यापारकाठमाडौं उपत्यकामा २४ घण्टामै १,८१३ चालक कारबाहीमा, नियम उल्लङ्घनबाट ५.२८ लाख राजस्व...

काठमाडौं उपत्यकामा २४ घण्टामै १,८१३ चालक कारबाहीमा, नियम उल्लङ्घनबाट ५.२८ लाख राजस्व संकलन

काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लङ्घन गर्ने एक हजार ८१३ जना चालक ट्राफिक कारबाहीमा परेका छन्। कारबाहीबाट राज्यकोषमा पाँच लाख २८ हजार ५०१ रुपैयाँ राजस्व संकलन भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउने ९ जना, नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १०५ जना, ट्राफिक बत्ती उल्लङ्घन गर्ने ११९ जना तथा तीव्र गतिमा सवारी चलाउने ११५ जनालाई कारबाही गरिएको छ।

यस्तै, लेन अनुशासन पालना नगर्ने १०२ जना, निषेधित क्षेत्रमा हर्न बजाउने ७९ जना, सडकपेटीमा सवारी पार्किङ गर्ने ११७ जना, एकतर्फी सडकमा सवारी चलाउने ६५ जना तथा अन्य विभिन्न ट्राफिक नियम उल्लङ्घन गर्ने एक हजार ११० जनामाथि पनि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीले सडक सुरक्षा र दुर्घटना न्यूनीकरणका लागि नियम उल्लङ्घन गर्ने सवारीचालकमाथि नियमित अनुगमन तथा कारबाहीलाई निरन्तरता दिइने जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका