Sunday, September 20, 2026
Homeराजनीतिआज दुई संसदीय समितिको बैठक, मौद्रिक नीति र आचारसंहिता मस्यौदामाथि छलफल

आज दुई संसदीय समितिको बैठक, मौद्रिक नीति र आचारसंहिता मस्यौदामाथि छलफल

काठमाडौं । संघीय संसदअन्तर्गत आज (आइतबार) दुई संसदीय समितिको बैठक बस्दै छन्। अर्थ समितिको १२औँ बैठक र महिला तथा सामाजिक मामिला समितिको बैठक छुट्टाछुट्टै समयमा आयोजना हुने भएको हो।

बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समावेश गरिनुपर्ने विषयहरूबारे विज्ञ तथा सरोकारवालासँग छलफल गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्नेछ। बैठकमा समितिको कार्यविधि तथा आचारसंहिता मस्यौदा उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ।

यस्तै, समितिले हालै सम्पन्न गरेको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनमाथि पनि बैठकमा विस्तृत छलफल हुने कार्यसूची रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका