Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियहलिउड निर्देशक रोब रेनर र श्रीमती मृत भेटिएको दाबी, घटनाबारे अनुसन्धान जारी

हलिउड निर्देशक रोब रेनर र श्रीमती मृत भेटिएको दाबी, घटनाबारे अनुसन्धान जारी

काठमाडौं । सीबीएस न्यूजको रिपोर्टअनुसार हलिउडका चर्चित निर्माता, निर्देशक तथा अभिनेता रोब रेनर र उनकी श्रीमती मिशेल लस एन्जलसस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्।

अधिकारीहरूले घटनालाई शंकास्पद मान्दै सम्भावित हत्याको कोणबाट अनुसन्धान भइरहेको जनाएका छन्। आइतबार दिउँसो लस एन्जलसको उच्चस्तरीय ब्रेन्टवुड क्षेत्रमा रहेको उक्त घरमा प्रहरी र अग्निनियन्त्रकको टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार घरभित्र ७८ वर्षीय पुरुष र ६८ वर्षीया महिलाको शव भेटिएको हो। दुवै जनालाई घटनास्थलमै मृत घोषित गरिएको थियो।

रोब रेनर ‘द प्रिन्सेस ब्राइड’, ‘दिस इज स्पाइनल ट्याप’, ‘व्हेन ह्यारी मेट स्याली’ र ‘अ फ्यु गुड मेन’ जस्ता चर्चित चलचित्रका निर्देशकका रूपमा परिचित छन्।

हालसम्म अधिकारीहरूले मृतकको औपचारिक पहिचान सार्वजनिक गरेका छैनन् भने मृत्युको कारण र घटनाको विस्तृत विवरणबारे पनि थप जानकारी नदिएको जनाइएको छ। घटनाबारे अनुसन्धान जारी रहेको बताइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका