Tuesday, July 21, 2026
Homeराजनीतिरास्वपाको सांसदलाई निर्देशन: जिल्ला जाँदा स्थानीय पार्टीसँग अनिवार्य समन्वय गर्नुपर्ने

रास्वपाको सांसदलाई निर्देशन: जिल्ला जाँदा स्थानीय पार्टीसँग अनिवार्य समन्वय गर्नुपर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई जिल्ला वा निर्वाचन क्षेत्रमा भ्रमण गर्दा स्थानीय पार्टी संयन्त्रसँग अनिवार्य रूपमा समन्वय गर्न निर्देशन दिएको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यले मंगलबार जारी गरेको पाँचबुँदे निर्देशनमा सुशासन, जवाफदेहिता र नागरिक–केन्द्रित राजनीतिलाई व्यवहारमा उतार्न सङ्घीय सांसद र स्थानीय नागरिकबीच निरन्तर तथा प्रभावकारी संवाद आवश्यक रहेको उल्लेख गरिएको छ।

निर्देशनमा सांसदहरूको जिल्ला भ्रमण केवल औपचारिक भेटघाट वा व्यक्तिगत जनसम्पर्कमा सीमित नहुनुपर्ने स्पष्ट पारिएको छ। त्यसलाई पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, सङ्गठनलाई सुदृढ बनाउने तथा जनताका सुझाव र अपेक्षालाई संसद्को एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा अघि बढाउनुपर्ने रास्वपाको भनाइ छ।

रास्वपाले सांसदको प्रभावकारी भूमिका र पार्टी सङ्गठनको सक्रियता एक–अर्काका पूरक रहेको उल्लेख गर्दै स्थानीय तहसँगको समन्वयले पार्टीको संस्थागत विकास, सङ्गठनको सुदृढीकरण तथा जनताप्रतिको जवाफदेहिता थप मजबुत हुने विश्वास व्यक्त गरेको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका