Tuesday, July 21, 2026
Homeअन्तराष्ट्रियस्विस स्की रिसोर्ट क्रान्स–मोन्टानामा विस्फोट: कम्तीमा १० को मृत्यु, १० घाइते

स्विस स्की रिसोर्ट क्रान्स–मोन्टानामा विस्फोट: कम्तीमा १० को मृत्यु, १० घाइते

काठमाडौँ। नयाँ वर्षको उत्सवको क्रममा बिहीबार स्विस अल्पाइन स्की रिसोर्ट क्रान्स–मोन्टानामा विस्फोट भएको छ। स्काई न्यूजका अनुसार कम्तीमा १० जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।

स्थानीय समय अनुसार बिहान १:३० बजे कन्स्टेलेसन बारमा विस्फोट भएको थियो। विस्फोटको समय नयाँ वर्षको पूर्वसन्ध्यामा उत्सव चलिरहेको थियो र बारमा १०० भन्दा बढी मानिसहरू उपस्थित थिए।

प्रहरी र आपतकालीन टोलीहरूले घटनास्थलमा पुगेर उद्धार कार्य थालेका छन्। घाइतेहरूलाई नजिकैका अस्पतालमा भर्ना गरिएको छ भने केहीको अवस्था गम्भीर रहेको बताइएको छ। विस्फोटको कारण हाल अनुसन्धानको चरणमा छ।

स्विस समाचार आउटलेट ब्लिकका अनुसार विस्फोट र त्यसपछि लागेको आगलागी कन्सर्टको समयमा प्रयोग गरिएको आतिशबाजीबाट भएको हुन सक्ने अनुमान गरिएको छ।

सावधानीका रूपमा घटनास्थल र वरपरको क्षेत्रलाई सिल गरी नो–फ्लाई जोन घोषणा गरिएको छ। प्रहरीले स्थानीय नागरिकहरूलाई सुरक्षित क्षेत्रमा रहन अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका