Tuesday, May 5, 2026
Homeअपराध र घटनास्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ, ठगी र आपराधिक विश्वासघातको आरोप

स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशी पक्राउ, ठगी र आपराधिक विश्वासघातको आरोप

काठमाडौं । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले स्मार्ट टेलिकम (स्मार्ट सेल) का अध्यक्ष सर्वेश जोशी लाई नियन्त्रणमा लिएको छ।

ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरिएको हो।

सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठ का अनुसार जोशीमाथि सरकारी सम्पत्तिमाथि बेइमानी गरेको तथा कानुनविपरीत कार्य गरेको गम्भीर आरोप लागेको छ।

जोशी नेतृत्वको स्मार्ट सेलले २०७० वैशाख २ गते नेपाल दूरसञ्चार प्राधिकरण बाट आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमतिपत्र प्राप्त गरेको थियो। तर लामो समयसम्म अनुमतिपत्र नवीकरण नगरेको र सरकारलाई बुझाउनुपर्ने ठूलो रकम बक्यौता नतिरेपछि २०८० वैशाख ३ गतेदेखि उक्त अनुमतिपत्र स्वतः रद्द भएको थियो।

कानुनअनुसार अनुमतिपत्र रद्द भएपछि कम्पनीका सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली र सञ्जालको स्वामित्व प्राधिकरणको नियन्त्रणमा जाने व्यवस्था छ।

प्रारम्भिक अनुसन्धानअनुसार, सरकारी नियन्त्रणमा गइसकेको सम्पत्तिलाई जोशीले बेइमानीपूर्वक प्रयोग गरेको र सरकारको हक कमजोर पार्ने उद्देश्यले कार्य गरेको देखिएको प्रहरीले जनाएको छ।

सरकारी स्वामित्वमा आइसकेका पूर्वाधार र प्रणालीमाथि ठगी तथा आपराधिक विश्वासघात गरी व्यक्तिगत लाभ लिन खोजेको आशंकामा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको छ। साथै, प्राधिकरणको नियन्त्रणमा रहेका सम्पत्तिको संरक्षण तथा व्यवस्थापनमा अवरोध पुर्‍याएको विषयमा समेत अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका