काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ। मंगलबार सुन तोलामा ५ सयले बढेर ९१ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य ९१ हजार एक सय रुपैयाँ कायम गरिएको छ।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आज चाँदी तोलाको एक हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। साेमबार चाँदी तोलाको एक हजार १९० रुपैयाँमा कारोबार भएको थियो।


