Saturday, June 6, 2026
Homeखेलकुदसुदूरपश्चिम रोयल्स प्लेअफमध्ये प्रवेश, जनकपुर बोल्ट्स फेरि पराजित

सुदूरपश्चिम रोयल्स प्लेअफमध्ये प्रवेश, जनकपुर बोल्ट्स फेरि पराजित

काठमाडौं। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले आजको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।

१४६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाएर जित दर्ता गर्‍यो। इशान पाण्डेले ३५ बलमा ५६ रनको उत्कृष्ट अर्धशतक प्रहार गरे। बिनोद भण्डारीले ४२ तथा हरमित सिंहले २५ रनको योगदान दिए। जनकपुरका माज सदाकतले २ विकेट लिएका थिए।

यसअघि त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुर बोल्ट्सले २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन जोडेको थियो। संजय कृष्णमूर्तीले ५० रनको अर्धशतक बनाए। बलिङतर्फ सुदूरपश्चिमका अभिनाश बोहोराले ४ विकेट र स्कट कुग्गेलिनले ३ विकेट लिए।

जितसँगै सुदूरपश्चिम ५ खेलमध्ये सबै जित्दै १० अंकसहित तालिकाको शीर्ष स्थानमा पुग्दै प्लेअफमा प्रवेश गर्ने पहिलो टोली बनेको छ। चारै खेलमा पराजित जनकपुर भने लिग चरणमै बाहिरिने जोखिममा रहेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका