Sunday, April 19, 2026
Homeसूचना प्रविधिसामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत : गगन थापा

सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय गलत : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभा सदस्य गगन थापाले सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयलाई गलत बताएका छन्।

बिहीबार सरकारले कानुनबमोजिम दर्ता प्रक्रियामा नआएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति थापाले सामाजिक सञ्जाल फेसबुकमार्फत विरोध जनाएका हुन्।

सरकारले निर्णय पुनर्विचार गर्नुपर्नेमा उनले जोड दिएका छन्। सर्वोच्च अदालतले सामाजिक सञ्जालमा प्रकाशन–प्रसारण हुने अनिच्छित सामग्रीको मूल्याङ्कन, अनुगमन र दुरुपयोग नियन्त्रणका लागि कानुनी प्रबन्ध गर्न आदेश दिएको स्मरण गराउँदै उनले भने, “यसको हवाला दिँदै निर्देशिकाका आधारमा सामाजिक सञ्जाल बन्द गर्ने होइन, बरु आवश्यक कानुन छिटो बनाउने हो। सामाजिक सञ्जालसम्बन्धी कानुन राष्ट्रिय सभामा विचाराधीन छ, त्यसमा छिटो काम गरेर उपयुक्त कानुन निर्माण गरौँ।”

थापाले सामाजिक सञ्जाललाई सुरक्षित बनाउन, दुरुपयोग रोक्न र नियमन गर्नका लागि आवश्यक कानुन छिटो निर्माणमा सरकार तदारुक हुनुपर्ने आवश्यकता पनि औंल्याए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका