Friday, July 31, 2026
Homeखेलकुदसाफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

साफ यू–१७ महिला च्याम्पियनसिप : नेपाल आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

काठमाडौं। भुटानमा जारी साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग तेस्रो खेल खेल्ने भएको छ। खेल नेपाली समयअनुसार साँझ ५:४५ बजे थिम्फुस्थित चाङ्लिमिथाङ रंगशालामा सुरु हुनेछ।

नेपाल र बंगलादेश दुवैले दुई खेलमा एक–एक जित र एक–एक हार व्यहोरेका छन्। नेपाल भारतसँग ७–० ले पराजित भए पनि भुटानलाई २–१ ले हराएको थियो। त्यस्तै, बंगलादेशले भुटानलाई ३–१ ले हराएर भारतसँग २–० ले हार खेलेको थियो।

प्रतियोगितामा भारत ६ अंकसहित शीर्ष स्थानमा छ भने नेपाल र बंगलादेशको समान ३ अंक छ। तर गोलअन्तरका आधारमा बंगलादेश दोस्रो र नेपाल तेस्रो स्थानमा रहेका छन्। आजै भारत र भुटानबीच पनि खेल हुनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका