काठमाडौँ, ११ भदौ- दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच खेल हुँदैछ।
अखिल नेपाल फुटबल सङ्घका अनुसार खेल आज अपराह्न २ः४५ बजे हुनेछ। गत आइतबार बङ्गलादेशसँग ३–० गोलले पराजित भएकाले नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ।
डबल राउन्ड रोबिन लिगमा भारत नौ अङ्कका साथ शीर्ष स्थानमा छ भने बङ्गलादेश छ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। नेपाल तीन अङ्कसहित तेस्रो स्थानमा छ भने घरेलु टोली भुटान कुनै जित ननिकाली चौथो स्थानमा छ।
खेल तालिकाअनुसार नेपालले भदौ १३ गते भारतसँग र १५ गते भुटानसँग प्रतिस्पर्धा गर्नेछ।


