Wednesday, June 17, 2026
Homeखेलकुदसाफ महिला फुटबल: आज दुई खेल हुँदै, नेपालको सामना भुटानसँग

साफ महिला फुटबल: आज दुई खेल हुँदै, नेपालको सामना भुटानसँग

काठमाडौँ : काठमाडौँमा जारी साफ च्याम्पियनशिप महिला फुटबल अन्तर्गत आज दुई खेल हुँदैछ। पहिलो खेल श्रीलंका र माल्दिभ्सबीच हुँदैछ। दशरथ रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साढे ३ बजेदेखि सुरु हुनेछ । त्यस्तै दोस्रो खेल नेपाल र भुटानबीच हुँदै छ। यो खेल नेपाली समय अनुसार साढे ५ बजेदेखि शुरु हुने छ।

प्रतियोगितामा पहिलो खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको छ। यस प्रतियोगितामा आयोजक नेपालसहित भारत, पाकिस्तान, श्रीलंका, भुटान, माल्दिभ्स र बंगलादेशले यो प्रतियोगितामा भाग लिइरहेका छन्। नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन्।

नेपालले यसअघिका सबै छ साफ च्याम्पियनसिपमा भाग लिएपनि अहिलेसम्म उपाधि जितेको छैन। नेपाल पाँच पटक प्रतियोगिताको उपविजेता बनेको छ। अहिलेसम्म भारतले प्रतियोगिताको पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले उपाधि जितेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपका लागि खेल्ने महिला राष्ट्रिय फुटबल टिमको घोषणा गरेको छ। एन्फाले २३ सदस्यीय टिमको घोषणा गरेको छ।

एन्फाले घोषणा गरेको टिम:

गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (सी), अञ्जना राना मगर र उषा नाथ ।

डिफेन्डर: गीता राणा, अमृता जैसी, समिच्छ घिमिरे, निशा थोकर, पूजा राणा, विमला विक, हिरा कुमारी भुजेल र सजनी थोकर ।

मिडफिल्डर: रेणुका नगरकोटे, प्रीति राई, सरु लिम्बु, दिपा शाही, सविता राना मगर, अनिता बस्नेत, अमिषा कार्की र विमला चौधरी ।

फरवार्ड: रश्मीकुमारी घिसिङ, अनिता केसी, रेखा पौडेल र सावित्रा भण्डारी।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका