Sunday, June 28, 2026
Homeराजनीतिसरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने

सरकारले तीनकुने घटनामा ज्यान गुमाउनेका परिवारलाई १०/१० लाख दिने

काठमाडौं। गृह मन्त्रालयले तीनकुने घटनामा ज्यान गुमाएका व्यक्तिहरूका परिवारलाई जनही १० लाख रुपैयाँ सहायता दिने निर्णय गरेको छ।

शुक्रबार भएको हिंसात्मक प्रदर्शनका क्रममा प्रहरीको गोली लागी सविन महर्जनको मृत्यु भएको थियो, भने समाचार संकलनमा खटिएका पत्रकार सुरेश रजक आगलागीमा परेर ज्यान गुमाएका थिए।

गृह मन्त्रालय स्रोतका अनुसार, दुबै पीडितका परिवारलाई १०/१० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भइसकेको छ, र सो रकम निकासाका लागि मन्त्रालयले अर्थ मन्त्रालयलाई सिफारिस गरिसकेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका