Tuesday, May 26, 2026
Homeसूचना प्रविधिसरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

सरकारको सामाजिक सञ्जाल प्रतिबन्धको निर्णयविरुद्ध प्रेस सेन्टर नेपालको विरोध

काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको भन्दै प्रेस सेन्टर नेपालले तीव्र आपत्ति जनाएको छ। सोमबार जारी विज्ञप्तिमा सेन्टरले उक्त निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यसले प्रेस स्वतन्त्रतामाथि प्रत्यक्ष आघात पु¥याएको दाबी गरेको छ।

विज्ञप्तिमा भनिएको छ, “सूचना सङ्कलन, समाचार सम्प्रेषण र आमनागरिकको अभिव्यक्तिको प्रमुख माध्यमका रूपमा स्थापित सामाजिक सञ्जालमाथि ‘नियमन’को नाममा गरिएको प्रतिबन्धले संविधानप्रदत्त प्रेस स्वतन्त्रता सीमित हुने स्पष्ट देखिन्छ।”

प्रेस सेन्टरका महासचिव मनोज घर्तीमगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा सरकारले सामाजिक सञ्जाल दर्ता गराउने आवश्यक कूटनीतिक पहल गर्नुभन्दा प्रतिबन्ध लगाउने गैरजिम्मेवार रवैया देखाएको आरोप लगाइएको छ।

“सरकारको यस कदमले नागरिकलाई सूचनाको हकबाट वञ्चित गर्नुका साथै अभिव्यक्ति स्वतन्त्रताको हनन भएको छ,” विज्ञप्तिमा उल्लेख छ।

सेन्टरले सरकारको निर्णयलाई निरङ्कुश र पश्चगामी प्रवृत्तिको रूपमा व्याख्या गर्दै तुरुन्त प्रतिबन्ध फिर्ता लिन माग गरेको छ। साथै, सामाजिक सञ्जाल दर्ताका लागि आवश्यक कूटनीतिक पहलमार्फत समस्या समाधान गर्न सरकारलाई आग्रह गरेको छ।

सेन्टरले सामाजिक सञ्जाल लाखौं नेपालीको रोजगारीसँग समेत जोडिएको हुँदा यसलाई निस्क्रिय पार्ने निर्णय तत्काल फिर्ता लिनुपर्ने आवश्यकता दोहोर्‍याएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका