Wednesday, August 12, 2026
Homeखेलकुदसन्दीप लामिछाने बने नेपाली ओडिआई टोलीका नयाँ कप्तान

सन्दीप लामिछाने बने नेपाली ओडिआई टोलीका नयाँ कप्तान

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तानमा स्पिनर सन्दीप लामिछानेलाई नियुक्त गरेको छ। यसअघि ओडिआई र टी–२० दुवै टोलीको कप्तानी सम्हाल्दै आएका रोहित पौडेललाई हटाउँदै क्यानले सन्दीपलाई ओडिआई टोलीको नयाँ कप्तानको जिम्मेवारी दिएको हो।

कप्तानी पाएसँगै सन्दीप करिब चार वर्षपछि नेपाली राष्ट्रिय टोलीको नेतृत्वमा फर्किएका छन्। उनी यसअघि सन् २०२२ मा राष्ट्रिय टोलीको कप्तान बनेका थिए। त्यसपछि उनीमाथि बलात्कारको आरोपमा मुद्दा चलेपछि क्यानले उनलाई कप्तानीबाट हटाएको थियो।

आईसीसी विश्वकप लिग–२ मा नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन नसकेपछि क्यानले नेतृत्व परिवर्तन गर्ने निर्णय गरेको हो। पछिल्लो निर्णयसँगै रोहित पौडेलले ओडिआई र टी–२० दुवै टोलीको कप्तानी गुमाएका छन्।

यसअघि नै क्यानले दीपेन्द्रसिंह ऐरीलाई टी–२० टोलीको कप्तान नियुक्त गरिसकेको छ। अब सन्दीपले ओडिआई र दीपेन्द्रले टी–२० टोलीको नेतृत्व गर्नेछन्।

नवनियुक्त कप्तान सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोलीले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेल्नेछ।

क्यानले मलेसिया भ्रमणका लागि घोषणा गरेको नेपाली टोलीमा सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, अर्जुन कुमाल, रोहित पौडेल, देव खनाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, बसिर अहमद, इशान पाण्डे, गुल्सन झा, शेर मल्ल, ललित राजवंशी, करण केसी र हेमन्त थामी रहेका छन्।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका