Tuesday, June 16, 2026
Homeसूचना प्रविधिसगरमाथा आधार शिविरमा ‘अल्टा एक्स जेन–२’ कार्गो ड्रोन सार्वजनिक

सगरमाथा आधार शिविरमा ‘अल्टा एक्स जेन–२’ कार्गो ड्रोन सार्वजनिक

काठमाडौँ । दक्षिण तथा मध्य एशियाका लागि अमेरिकी विशेष दूत सर्जियो गोरले सगरमाथा आधार शिविर भ्रमणका क्रममा ‘अल्टा एक्स जेन–२’ कार्गो ड्रोन सार्वजनिक गरेका छन्।

स्रोतका अनुसार अमेरिकी कम्पनी फ्रीफ्लाइद्वारा निर्मित उक्त ड्रोन शुक्रबार आधार शिविरमै अनावरण गरिएको हो। हाल यसलाई औपचारिक रूपमा सार्वजनिक मात्र गरिएको छ भने आवश्यक प्रक्रिया पूरा भएपछि नियमित सञ्चालनमा ल्याइने बताइएको छ।

यो ड्रोन प्रयोगमा आएपछि दुर्गम हिमाली क्षेत्रमा सामग्री ढुवानी सेवालाई थप प्रभावकारी र सहज बनाउन सकिने अमेरिकी पक्षको विश्वास छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका