काठमाडौँ, २ असोज । संविधान दिवस–२०७२ को एक दशक पूरा भएको अवसरमा नेपाल टेलिकमले ग्राहकहरूका लागि विशेष ‘संविधान दिवस अफर २०८२’ घोषणा गरेको छ। यो अफर असोज २ देखि असोज ४ गतेसम्म उपलब्ध हुनेछ।
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार, अफरअन्तर्गत रु ४९ मा एक दिन प्रयोग गर्न सकिने ‘१ एमबिपिएस अनलिमिटेड डाटा’ र नेपाल टेलिकम नेटवर्कभित्र प्रयोग गर्न सकिने १०० मिनेट ‘अल नेट भ्वाइस’ सुविधा प्रदान गरिनेछ।
त्यसैगरी, डाटा प्याकेजमा रु १११ मा पाँच दिनको लागि ६ जीबी, रु १९९ मा सात दिनको लागि १३ जीबी, रु २९९ मा १२ दिनको लागि २० जीबी र रु ३९९ मा १५ दिनको लागि ३० जीबी डाटा प्याकेज उपलब्ध हुने कम्पनीले जनाएको छ।
यसैगरी, रु ७८९ मा ‘फेस्टिभ कम्बो प्याक’ उपलब्ध हुनेछ। प्रिपेड प्रयोगकर्ताले २८ दिन र पोस्टपेड प्रयोगकर्ताले ३० दिन प्रयोग गर्न सक्ने यो प्याकेजमा ३० जीबी डाटा, सबै नेटवर्कमा प्रयोग गर्न मिल्ने ६०० मिनेट ‘अल नेट भ्वाइस’ र २०० ‘अल नेट एसएमएस’ सुविधा समावेश हुनेछ।
पोस्टपेड प्रयोगकर्ताले ‘फेस्टिभ कम्बो प्याक’ वा ३० जीबी डाटा प्याक लिँदा सो शुल्क मासिक ‘रेन्टल चार्ज’मै समायोजन हुने सुविधा पनि कम्पनीले प्रदान गर्ने जनाएको छ।


