Saturday, June 6, 2026
Homeखेलकुदशीर्षक: इटालीसँग १० विकेटले पराजित, नेपालको लगातार दोस्रो हार

शीर्षक: इटालीसँग १० विकेटले पराजित, नेपालको लगातार दोस्रो हार

काठमाडौं। आईसीसी पुरुष टी–२० विश्वकअन्तर्गत नेपालले लगातार दोस्रो हार बेहोरेको छ। आज भएको खेलमा नेपाल इटालीसँग १० विकेटले पराजित भएको हो।

नेपालले दिएको १२४ रनको लक्ष्य इटालीले १२.४ ओभरमै कुनै विकेट नगुमाई सहज रूपमा पूरा गर्‍यो। इटालीको जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई जित दिलाए। जस्टिन मोस्काले ४४ बलमा ५ चौका र ३ छक्काको मद्दतले ६० रन बनाए भने एन्थोनी मोस्काले ३ चौका र ६ छक्का प्रहार गर्दै ६२ रनमा अविजित रहे। नेपाली बलरहरू इटालीका ओपनरलाई रोक्न असफल हुँदा कुनै विकेट लिन सकेनन्।

मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १९.३ ओभरमा १२३ रनमा अलआउट भयो। नेपालका लागि आरिफ शेखले २७ रन बनाए भने कप्तान रोहित पौडेलले २३ र आसिफ शेखले २० रन जोडे। दीपेन्द्र सिंह ऐरीले १७ रन बनाउँदा करण केसी १८ रनमा अविजित रहे। अन्य ब्याट्सम्यानले उल्लेखनीय प्रदर्शन गर्न सकेनन्।

कुशल भुर्तेलले ५ रन बनाउँदा लोकेश बम र गुलशन झाले ३–३ रन बनाए। नन्दन यादव भने खाता खोल्न सकेनन्।

इटालीका बलरमध्ये क्रिसन कलुगामागेले ३ विकेट लिए भने बेन मनेन्टीले २ विकेट हात पारे। अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले समान १–१ विकेट लिए।

यसअघि नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। लगातार दोस्रो हारसँगै नेपाल प्रतियोगितामा अंकविहीन बनेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका