Saturday, April 18, 2026
Homeअन्तराष्ट्रियविश्वकै वृद्ध गोहीले मनायो ८५औँ जन्मदिवस

विश्वकै वृद्ध गोहीले मनायो ८५औँ जन्मदिवस

दोश्रो विश्वयुद्धमा बाँच्न सफल तथा अहिले टिकटकमा निकै लोकप्रिय सेलिब्रेटीको रुपमा रहेको संसारकै पाको उमेरका घडियाल गोहीले आफ्नो ८५औँ बर्थडे मनाएको छ ।

सर्बियाको बेलग्रेडमा रहेको उक्त घडियालको नाम मुजा हो ।

मुजाले ८५औँ बर्थडे मनाएका तस्वीर तथा भिडियोहरु सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

सामान्यतया घडियाल गोहीको आयु ३० देखि ५० वर्षसम्म हुने गर्दछ । तर त्यसको झण्डै दोब्बर उमेरसम्म बाँच्न सफल यो घडियालले विनाशकारी दोश्रो विश्वयुद्ध मात्र भोगेन टिकटकमा स्टारसमेत बनेको छ ।

रोयटर्सका अनुसार सन् १९३७ को अगष्टमा मुजालाई जर्मनीबाट बेलग्रेड ल्याइएको हो । त्यस समय उक्त घडियाल झण्डै दुई वर्षको थियो ।
रुसको मस्कोस्थित चिडियाखानामा रहेको स्याटर्न नामक घडियाल मरेसँगै मुजा कृत्रिम वासस्थानमा पालिएको सबैभन्दा पाको उमेरको गोही बन्न सफल भएको छ ।

आफ्नो लामो जीवनकालमा मुजाले धेरै घटना भोगेको छ । दोश्रो विश्वयुद्धका बेला सन् १९४१ र १९४४ तथा सन् १९९९ मा नाटोले गरेको बम आक्रमणसमेत गरी बेलग्रेडमा भएका तिनवटा बम आक्रमणमा यो घडियाल बाँच्न सफल भयो ।

हाल उमेर निकै छिप्पिसक्दा समेत मुजा स्वस्थ रहेको चिडियाखानाका अधिकारी बताउँछन् । सन् २०१२ मा सो गोहीको खुट्टामा घातक संक्रमण हुँदा ज्यान जोगाउनका लागि शल्यक्रिया गरी उसको खुट्टा नै काट्नु परेको थियो ।

यो दीर्घजीवी घडियाललाई खानाको रुपमा छाला काढिएको मुसा, खरायो, चरा तथा घोडा र गाईको मासु दिने गरिन्छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका