एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भर्खरै आयोजित एक कार्यक्रममा भने, “सन् २०३० को विश्वकप आयोजनाको लागि साफ राष्ट्रले मौका पाउनु पर्छ भन्ने कुरा मैले साफ बैठकमा व्यक्त गरेको छु। प्रस्तावमा सबै देश सकारात्मक छन्। यदि माल्दिभ्स र भारतले लिने हो भने। नेतृत्व गरेपछि सन् २०३४ सम्म आयोजना गर्न सक्छौं। नेपालमा कम्तीमा दुईवटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला हुनुपर्छ र नेपालले पनि १० खेल खेल्ने अवसर पाउनुपर्छ।नेपालमा फुटबलको पूर्वाधार निकै कमजोर छ।
नेपालको रंगशालाले अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न सक्दैन । एन्फाले एक्लै रंगशाला निर्माण गर्न सम्भव छैन । सम्भव भएसम्म सरकारले आगामी बजेटमा कम्तिमा ४५ हजार दर्शक क्षमताको रंगशाला बनाउनुपर्छ ।”


