Thursday, April 30, 2026
Homeखेलकुदलिभरपुल र सिटीले अंक बाँडे

लिभरपुल र सिटीले अंक बाँडे

एनफिल्ड । लिभरपुल र म्यानचेस्टर सिटीबीच भएको प्रतिस्पर्धात्मक खेल बराबरीमा टुंगिएको छ। आइतबार दुई उपाधि दाबेदारबीचको खेल १–१ को बराबरीमा टुङ्गिएको हो ।

खेलको २३ औँ मिनेटमा केभिन डी ब्रुयनाको पासमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए तर, दोस्रो हाफको सुरुवातमा नै लिभरपुलले पेनाल्टी मार्फत खेल बराबरी गर्र्यो ।

त्यसपछि दुवै टोलीले विजयी गोलका लागि प्रयास गरे पनि सफल हुन सकेनन् । लिभरपुलका लुइस डियाजले गोलको सुन्दर अवसर गुमाएका थिए भने उता सिटीका फिल फोडेनको प्रयास गोलकिपर कोइमहिन केलेहरले विफल बनाएका थिए ।

२८ खेलपछि लिभरपुलको ६४ अङ्क रहेको छ । टोली गोलअन्तरको आधारमा लिगमा दोस्रो स्थानमा छ । ६३ अङ्कसहित सिटी तेस्रो स्थानमा छ ।

आइतबार नै भएका अन्य खेलमा पाँचौँ स्थानमा रहेको टोटनह्यामले चौथो स्थानको एस्टन भिल्लालाई ४–० गोलले हरायो । ब्राइटनले नटिङह्याम फरेस्टलाई १–० ले पराजित गर्दा वेस्ट ह्याम र बर्नलीले २–२ को बराबरी खेले ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका