काठमाडौं: नेपाल सुपर लिग (NSL) को तेस्रो संस्करणको उपाधि ललितपुर सिटी एफसीले जितेको छ ।
शनिबार दशरथ रंगशालामा भएको फाइनल खेलमा ललितपुरले पोखरा थण्डर्सलाई २–१ ले पराजित गर्दै दोस्रो पटक एनएसएल च्याम्पियन बनेको हो ।
खेलको पहिलो हाफमा ललितपुरले एक गोलको अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराले एक गोल फर्काए पनि खेलको ७४औं मिनेटमा ललितपुरले दोस्रो गोल गर्दै जीत सुनिश्चित गर्यो ।
ललितपुरका लागि विदेशी खेलाडी इमोह इजेकेल र पापा इबोउ केबेले एक–एक गोल गरे । पोखराका तर्फबाट सुदिल राईले एक गोल फर्काएका थिए ।


