Monday, August 3, 2026
Homeखेलकुदरोमान्चक जितसँगै रियल क्वाटर फाइनलमा

रोमान्चक जितसँगै रियल क्वाटर फाइनलमा

इल्चेलाई २-१ अन्तरले पराजित गर्दै रियल म्याड्रिड बिहीवार राति स्पेनिस कोपा डेल रेको क्वाटर फाइनलमा प्रवेश गरेको छ । रियलको जितमा इस्को र हाजार्डले गोल गरे । पराजित इल्चेका लागि गोन्जालो भेर्डुले गोल गरे ।

खेलमा निर्धारित समयमा कुनै गोल हुन सकेन  । अतिरिक्त समयको १०३ औं मिनेटमा इल्चेले अग्रता बनायो । गोन्जालो भेर्डुले अग्रता बनाए  ।

खेलको १०८ औं मिनेटमा इस्कोले खेल १-१ को अवस्थामा ल्याए  । ११५ औं मिनेटमा हाजार्डले गोल गर्दै रियललाई विजयी गराए । खेलमा दुबै टोली १० खेलाडीमा समेटिएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका