Thursday, July 30, 2026
Homeखेलकुदरोमाञ्चक खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

रोमाञ्चक खेलमा इंग्ल्याण्डसँग नेपाल ४ रनले पराजित

काठमाडौं। आइसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाल इंग्ल्याण्डसँग झिनो अन्तरले पराजित भएको छ।

भारतको मुम्बईस्थित वानखेडे स्टेडियममा सोमबार सम्पन्न खेलमा इंग्ल्याण्डले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १८० रनमै सीमित रह्यो र ४ रनले हार व्यहोर्न पुग्यो।

इंग्ल्याण्डका लागि बेथेलले ३५ बलमा ४ चौका र ४ छक्काको मद्दतले सर्वाधिक ५५ रन बनाए। ब्रुकले ३२ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ५३ रन जोडे भने विल ज्याक्स ३९ रनमा अविजित रहे। कप्तान जोस बटलरले २६ रनको योगदान दिए।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै ४४ रन बनाए। रोहित पौडेलले ३९ र कुशल भुर्तेलले २९ रन जोडे। लोकेश बम ३९ रनमा अविजित रहे।

बलिङतर्फ इंग्ल्याण्डका लियाम डासनले दुई विकेट लिए भने विल ज्याक्स, साम करन, जोफ्रा आर्चर र लुक वुडले एक–एक विकेट हात पारे। नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले दुई–दुई विकेट लिए भने सन्दीप लामिछाने र शेर मल्लले एक–एक विकेट लिएका थिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका