Monday, July 27, 2026
Homeखेलकुदराष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप: बागमती च्याम्पियन, सुदूरपश्चिम उपविजेता

राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिप: बागमती च्याम्पियन, सुदूरपश्चिम उपविजेता

काठमाडौं । राजधानीमा सम्पन्न दोस्रो राष्ट्रिय बेसबल फाइभ च्याम्पियनसिपको उपाधि बागमती प्रदेशले जितेको छ। आइतबार भएको रोमाञ्चक फाइनलमा सुदूरपश्चिम प्रदेशलाई १४–८ ले पराजित गर्दै बागमतीले स्वर्ण जितेको हो।

प्रतियोगितामा लुम्बिनी प्रदेश तेस्रो भयो। विजेता बागमतीले नगद ३० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्‍यो भने उपविजेता सुदूरपश्चिमले २० हजार र तेस्रो हुने लुम्बिनीले १० हजार रुपैयाँ पुरस्कार पाए।

कोसी प्रदेश चौथो स्थानमा रहँदै १० हजार रुपैयाँ सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भयो। उक्त सान्त्वना पुरस्कार सङ्घकी सदस्य सुनिता थापाले व्यक्तिगत रूपमा प्रायोजन गरेकी थिइन्।

बागमतीका दिपेश माझी प्रतियोगिताको ‘उत्कृष्ट खेलाडी’ घोषित भए। उनले उत्कृष्ट प्रदर्शन गर्दै टोलीलाई जिताउन महत्वपूर्ण योगदान दिएका थिए।

आयोजक कमिटीका संयोजक तथा नेपाल बेसबल तथा सफ्टबल संघका उपाध्यक्ष सुरेन्द्र थपलियाका अनुसार प्रतियोगितामा सात प्रदेश र एक विश्वविद्यालय गरी कुल आठ टोली सहभागी थिए।

विजेता टोली तथा खेलाडीहरूलाई नेपाल ओलम्पिक कमिटीका महासचिव राजीव श्रेष्ठले पुरस्कार वितरण गरेका थिए। समारोहमा सचिव तथा नेपाल बास्केटबल संघका अध्यक्ष भिमसिंह गुरुङ र संघका अध्यक्ष दिपक न्यौपानेलगायतको उपस्थिति रहेको थियो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका