Tuesday, October 27, 2026
Homeखेलकुदयू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

यू–१९ राष्ट्रिय क्रिकेटः खेलाडी बन्द प्रशिक्षणमा

बैतडी: नरेश श्रेष्ठ स्मृति यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमका २४ खेलाडी छनोट भएका छन् ।डडेल्धुराको परशुराममा सम्पन्न प्रदेशस्तरीय छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडी प्रशिक्षणका निम्ति चयन भएका सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका प्रमुख दीपेन्द्र भण्डारीले बताउनुभयो ।

प्रतियोगिता कात्तिक १० गतेदेखि विराटनगरमा हुँदैछ । कात्तिक १२ गते सुदूरपश्चिम र लुम्बिनी प्रदेशबीच पहिलो खेल हुनेछ ।

प्रतियोगितामा सातवटै प्रदेशका टोली सहभागी हुने नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्दले
बताउनुभयो । प्रतियोगिताको अन्तिम खेल कात्तिक २१ गते हुनेछ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका