Saturday, June 6, 2026
Homeखेलकुदयू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपाल र युएई आमनेसामने

यू–१९ प्रिमियर कपको उपाधि भिडन्तमा नेपाल र युएई आमनेसामने

काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा नेपाल आज आयोजक युएईसँग उपाधि भिडन्त खेल्दै छ। फाइनल खेल बिहान १०:३० बजे अजमानस्थित करवान मैदानमा हुनेछ।

नेपालले सेमिफाइनलमा मलेसियालाई ९ विकेटले हराउँदै उपाधिनजिक पुगेको हो, जबकि युएईले ओमानलाई ८ विकेटले पराजित गरी फाइनल यात्रा तय गरेको हो।

फाइनलमा पुगेसँगै दुवै टोली आगामी यू–१९ एसिया कपका लागि पहिल्यै छनोट भइसकेका छन्। प्रतियोगिताको नियमअनुसार फाइनलमा पुग्ने दुबै टोली सिधैँ एसिया कपका लागि योग्य हुने व्यवस्था छ।

तेस्रो स्थानका लागि आज नै मलेसिया र ओमानबीच खेल हुनेछ। १४ टोली सहभागी प्रतियोगिताबाट छनोट भएका टोलीले यू–१९ एसिया कप यही डिसेम्बरमा यूएईमै खेल्नेछन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका