Tuesday, June 2, 2026
Homeखेलकुदयुरोपेली सुपर कप चेल्सीलाई, पेनाल्टी सुटआउटमा भिल्लरियल पराजित

युरोपेली सुपर कप चेल्सीलाई, पेनाल्टी सुटआउटमा भिल्लरियल पराजित

भिल्लारियललाई ६–५ ले हराउँदै चेल्सीले युरोपेली सुपर कप जितेको छ । च्याम्पियन्स लिगको विजेता र युरोपा लिगको विजेताबीच यो खेल हुने गर्छ । गत सिजन चेल्सीले च्याम्पियन्स लिग र र भिल्लारियलले युरोपा लिग जितेका थिए ।

९० मिनेट र अतिरिक्त समयमा समेत एक–एक गोलको बराबरी भएपछि पेनाल्टीबाट खेलको टुंगो लगाइएको हो । चेल्सीका लागि हाकिम जियचले खेलको २७ औं मिनेटमा अग्रता दिलाएका थिए ।

तर, ७३ मिनेटमा जेरार्ड मोरेनोले भिल्लयिरलबाट बराबरी गोल फर्काए । चेल्सीले पेनाल्टी सुटआउटमा आफ्ना नियमित गोलकिपरको साटो वैकल्पिक गोलकिपर केपा अरिजाबालागालाई मैदान उतारेको थियो । यी गोलकिपरले भिल्लारियलका कप्तान राहुुल अलबिओलको प्रहार रोक्दै १९९८ पछि चेल्सीलाई दोस्रो सुपर कप जिताए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका