काठमाडौं । आइसीसी विश्वकप लिग २ अन्तर्गत युएईविरुद्ध आज जारी खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले शतक प्रहार गरेका छन्। उनले १२६ बलमा शतक पूरा गरेका हुन्। ४७ ओभरसम्म नेपालले ६ विकेट गुमाउँदै २०७ रन बनाएको छ। कप्तान रोहितसँगै सोमपाल कामी क्रिजमा रहेका छन्।


