Friday, June 5, 2026
Homeखेलकुदमैदानमा फर्किए एरिक्सन

मैदानमा फर्किए एरिक्सन

शनिबार न्युक्यासलविरुद्धको खेलमा ब्रेन्टफोर्डको तर्फबाट ५२ औँ मिनेटमा जब क्रिस्टियन एरिक्सन मैदानमा प्रवेश गरे, त्यतिबेलाको वातावरण नै फरक थियो । घरेलु समर्थक मात्र नभएर विपक्षी टोलीका समर्थकहरु आफ्नो सिटबाट उठेर उनका लागि ताली बजाइरहेका थिए ।

गत जुनमा डेनमार्कबाट युरो २०२० मा फिनल्याण्डविरुद्धको खेलमा एरिक्सनलाई हृदयघात भएको थियो । सो घटनाको ठ्याक्के २५९ दिनपछि एरिक्सन पुनः मैदानमा फर्कन सफल भएका हुन् ।  ब्रेन्टफोर्डका म्यानेजर थोपस फ्रांकले एरिक्सनलाई पुनः मैदानमा फर्काउने वाचा गरेका थिए । त्यो वाचा शनिबार पुरा भएको छ ।

यद्यपि, उनको पुनरागमन सोचे जस्तो चाहिँ भएन । सुरुमा नै १० खेलाडीमा सीमित बनेको ब्रेन्टफोर्ड आफ्नो घरेलु मैदानमा २–० ले पराजित हुन पुग्यो । खेलपछि प्रतिक्रिया दिँदै एरिक्सनले भने, ‘आजको नतिजालाई बेवास्ता गर्ने हो भने म आज खुसी छु । मैले जे भोगे, त्यसपछि फेरि मैदानमा फर्कन पाउनुको अनुभव निकै अद्वितीय छ ।’

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका