Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search
Logo
Sunday, July 26, 2026
Facebook
Logo
  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Homeसूचना प्रविधिमिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

Himalayan Tribune
By Himalayan Tribune
June 2, 2024
0
233
Share
Facebook
Twitter
Pinterest
WhatsApp
    काठमाडौँ : राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसहमतिले स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्नुभएको थियो ।
    सांसदहरु देवेन्द्र दाहाल, मदनकुमारी शाह गरिमा, तुलासाकुमारी दाहालले विधेयकमाथि आफ्नो धारणा राख्नुभएको थियो । सांसदहरुले उठाउनुभएको जिज्ञासाको जवाफमा मन्त्री शर्माले बदलिदो अवस्थालाई ख्याल गर्दै न्यू मिडियालाई समेत सम्बोधन गर्ने गरी विधेयक प्रस्तुत गरिएको बताउनुभयो ।
    उहाँले विधेयकले नेपालको संविधानमा उल्लेख गरिएको समावेशितालाई विशेष ख्याल गरिएको, महिला र प्रदेशगत सहभागितालाई सुनिश्चित गरेको जानकारी दिनुभयो । विगतमा पनि मिडिया काउन्सिल विधेयक राष्ट्रियसभाले स्वीकृत गरेको स्मरण गर्दै मन्त्री शर्माले तत्कालीन प्रतिनिधिसभाको कार्यकाल समाप्त भएसँगै विधेयक शून्यमा पुगेको बताउनुभयो । नयाँ विधेयक तयार गर्दा सरोकारवालासँग छलफल भएको, विज्ञ सदस्यको टोली नै बनाएर अध्ययन एवं छलफल गराइएको, बढीभन्दा बढी परिमार्जित गराइएको भए पनि थप समृद्ध बनाउन सांसदले महत्वपूर्ण सुझाव दिने विश्वास व्यक्त गर्नुभयो ।
    आम सञ्चार नीतिलाई पूर्ण रुपमा कार्यान्वयन गर्न पनि यस विधेयकले महत्वपूर्ण योगदान दिनेमा जोड दिँदै उहाँले पत्रकारको अभिलेख राख्ने, पत्रकारको पेसागत सुरक्षालाई ध्यान दिइएको, अभिव्यक्ति स्वतन्त्रतालाई विशेष ख्याल गर्दै स्वः नियमनलाई प्राथमिकतामा राखिएको बताउनुभयो । यस्तै बैठकमा विधायन व्यवस्थापन समितिका सभापति जयन्तीदेवी राईले ‘सुरक्षित कारोबार (पहिलो संशोधन), २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन पेस गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २१ गते सोमबार १२ बजेर १५ मिनेटमा बस्नेछ ।
    Share
    Facebook
    Twitter
    Pinterest
    WhatsApp
      सम्बन्धित समाचार
      सूचना प्रविधि

      सरकारद्वारा राष्ट्रिय विज्ञापन नीति–२०८३ स्वीकृत, डिजिटल र एआई विज्ञापन पनि नियमनमा

      July 15, 2026
      सूचना प्रविधि

      चीनमा चालकविहीन रोबोट्याक्सीको तीव्र विस्तार, विश्व नेतृत्वतर्फ उन्मुख कि नयाँ चुनौतीको सामना?

      July 8, 2026
      सूचना प्रविधि

      नेपाली गीत–संगीत निर्माणमा सुस्ती, लगानी संकटदेखि एआईसम्मका चुनौती

      July 1, 2026
      - Advertisment -spot_img

      ताजा समाचार

      ‘पूर्वको जेरुसेलम’देखि बन्द समाजसम्म: उत्तर कोरियाको समृद्धिबाट एकान्ततर्फको यात्रा

      July 26, 2026

      जापानमा गर्मीको नयाँ कीर्तिमान: लगातार पाँच दिन ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम

      July 26, 2026

      असममा बाढीको कहर: मृत्यु संख्या ६६ पुग्यो, ६.५४ लाखभन्दा बढी प्रभावित

      July 26, 2026

      इरानमाथि थप सैन्य आक्रमणबारे ट्रम्पले निर्णय नगरेको अमेरिकी मिडियाको दाबी

      July 26, 2026

      विनियोजन ऐन–२०८३’ प्रमाणीकरण, १७.०६ खर्ब रुपैयाँको बजेट कार्यान्वयनको बाटो खुल्यो

      July 26, 2026
      Load more

      धेरै कमेन्ट गरिएका

      ‘पूर्वको जेरुसेलम’देखि बन्द समाजसम्म: उत्तर कोरियाको समृद्धिबाट एकान्ततर्फको यात्रा

      July 26, 2026

      प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै, औद्योगिक पार्क शिलान्यास गर्ने

      February 28, 2021

      सुवास नेम्वाङको टिप्पणी : अविश्वास प्रस्तावको हरिबिजोग भयो

      February 28, 2021

      खेलबिहीन नेपाली क्रिकेट, अन्यौलमा क्यान

      February 28, 2021

      नयाँ सरकार गठनको रस्साकस्सी : ओली रोज्ने कि प्रचण्ड–नेपाल भन्नेमा जसपामा दुई धार

      February 28, 2021

      हिमालयन ट्रिब्युनको लागि

      • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
      • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
      • सम्पादक: गजे घले
      • व्यवस्थापक: आशिष पोखरेल
      • CONTACT
      • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
      • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
      Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune