Tuesday, May 26, 2026
Homeसूचना प्रविधिमाइतीघरमा जेनजी पुस्ताको प्रदर्शन, बानेश्वरसम्म मार्चपास

माइतीघरमा जेनजी पुस्ताको प्रदर्शन, बानेश्वरसम्म मार्चपास

काठमाडौं- जेनजी पुस्ताले सोमबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन्। बिहान ९ बजे सुरु भएको प्रदर्शनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अनुमति लिइएको थियो।

सन् १९९७ देखि २०१२ बीच जन्मिएका युवाहरुलाई ‘जेनजी पुस्ता’ भनिन्छ। उनीहरूले सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र नातावादविरुद्ध आवाज उठाउँदै आन्दोलन थालेका हुन्।

कार्यक्रम अनुसार उनीहरू माइतीघरमा भेला भई ११ बजे मार्चपास गर्दै बानेश्वरसम्म पुगेका छन्। जेनजी पुस्ताको आन्दोलनलाई विभिन्न जनप्रतिनिधि र नेताहरूले समर्थन जनाएका छन्।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका