Tuesday, October 27, 2026
Homeखेलकुदमहिला एसियाकप क्रिकेट: नेपालको उत्कृष्ट प्रदर्शन: यूएईलाई घुँडा टेकायो

महिला एसियाकप क्रिकेट: नेपालको उत्कृष्ट प्रदर्शन: यूएईलाई घुँडा टेकायो

काठमाडौं। आजदेखि सुरुभएको नवौं महिला एसियाकप टी- २० क्रिकेटमा नेपालले ऐतिहासिक विजयी शुरुवात गरेको छ। आज भएको उद्घाटन खेलमा नेपालले युएईलाई ६ विकेटले पराजित गरेको हो।

युएईले दिएको ११६ रनको लक्ष्य पछाएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो। नेपालका लागि सम्झना खड्काले अविजित ७२ रन बनाइन् भने रुबिना क्षेत्रीले १० रन बनाइन्।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको युएईले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन बनाएको थियो। युएईका लागि खुशी शर्माले सर्वाधिक ३६ रन बनाइन् भने कभिषा इगोडागेले २२, समिरा धर्निधर्काले १३ रन बनाइन्।

त्यसैगरी नेपाली बलर कप्तान इन्दु बर्माले सर्वाधिक ३ विकेट लिइन् भने सबनम राई, कबिता जोशी र कृतिका मरासिनीले एक एक विकेट लिए।

अब नेपालले अर्को खेल आइतबार पाकिस्तानविरुद्ध खेल्दै छ भने युएईले आइतबार नै भारतको सामना गर्दैछ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका