Wednesday, September 2, 2026
Homeअन्तराष्ट्रियमहान्यायाधिवक्ता कँडेलको बेलायत आवतजावतको विवरण झिकाउन सर्वोच्चको आदेश

महान्यायाधिवक्ता कँडेलको बेलायत आवतजावतको विवरण झिकाउन सर्वोच्चको आदेश

काठमाडौं। सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलको नेपाल–बेलायत आवतजावतसम्बन्धी अभिलेखको प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको छ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदरको माग गर्दै दायर रिटमाथि सुनुवाइ गर्दै अध्यागमन विभागबाट सन् २०१५ देखि २०२४ सम्मको यात्रा विवरण मगाउने आदेश दिएको हो।

अदालतले विसं २०८२ चैत २२ गते नेपाल सरकारले गरेको महान्यायाधिवक्ता नियुक्तिसम्बन्धी निर्णयसहितको सक्कल फाइल पनि पेसीका दिन फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत पेस गर्न निर्देशन दिएको छ।

आदेशमा कँडेलको नेपाल–बेलायत आवतजावतसम्बन्धी सम्पूर्ण अभिलेखको प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमानुसार अदालतमा पेस गर्न भनिएको छ।

महान्यायाधिवक्तामा डा. कँडेलको नियुक्ति कानुनविपरीत भएको दाबी गर्दै अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए। अदालतले सोही रिटमाथिको प्रारम्भिक सुनुवाइका क्रममा आवश्यक कागजात झिकाउने आदेश दिएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका