Wednesday, May 13, 2026
Homeअन्तराष्ट्रियमध्यपूर्व शान्तिका लागि चीनको प्रस्तावलाई इरानको समर्थन

मध्यपूर्व शान्तिका लागि चीनको प्रस्तावलाई इरानको समर्थन

बेइजिङ । इरान ले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम गर्न सी चिनफिङ ले अघि सारेको चार बुँदे प्रस्तावलाई औपचारिक समर्थन जनाएको छ।

चीनका लागि इरानी राजदूत अब्दोलरेजा रहमानी फजली ले सामाजिक सञ्जालमार्फत उक्त प्रस्ताव कार्यान्वयनमा इरान सहकार्य गर्न तयार रहेको बताएका हुन्। हालै बेइजिङमा इरानी विदेशमन्त्री अब्बास अराघाची र चिनियाँ विदेशमन्त्री वाङ यी बीच भएको भेटवार्तामा पनि यस विषयमा गम्भीर छलफल भएको जनाइएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को आगामी मे १३ देखि १५ सम्म हुने चीन भ्रमणअघि आएको इरानको यो प्रतिक्रियालाई अर्थपूर्ण रूपमा हेरिएको छ। ट्रम्प र सी चिनफिङबीच हुने उच्चस्तरीय वार्तामा मध्यपूर्वको सुरक्षा चासो प्रमुख एजेन्डा बन्न सक्ने अनुमान गरिएको छ।

चीनले अघि सारेको चार बुँदे प्रस्तावमा पश्चिम एसिया र फारसको खाडी क्षेत्रमा साझा सुरक्षा संरचना निर्माण, सबै राष्ट्रको सार्वभौमिकताको सम्मान, अन्तर्राष्ट्रिय कानुनको पालना तथा सैन्य शक्तिको प्रयोग नगर्ने विषय समेटिएका छन्।

प्रस्तावले विकास र सुरक्षाबीच सन्तुलन कायम गर्दै दीर्घकालीन आर्थिक स्थायित्वमा जोड दिएको छ। राष्ट्रपति सीले गत अप्रिल १४ मा शेख खालिद बिन मोहम्मद बिन जायद अल नाहयान सँगको भेटमा पहिलोपटक यो अवधारणा सार्वजनिक गरेका थिए।

यसैबीच, चिनियाँ विदेशमन्त्री वाङ यीले मोहम्मद इशाक दार र इरानी विदेशमन्त्री अराघाचीसँग छुट्टाछुट्टै संवाद गर्दै क्षेत्रीय तनाव कम गर्न कूटनीतिक सक्रियता बढाएका छन्।

चीनले इरान–अमेरिका तनाव कम गर्न, युद्धविरामको वातावरण बनाउन तथा मध्यपूर्वमा दीर्घकालीन शान्ति कायम गर्न आफूले रचनात्मक भूमिका खेलिरहने प्रतिबद्धता समेत दोहोर्‍याएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका