ओमान र युएईमा जारी टी–२० विश्वकपको सुपर १२ अन्तर्गत आज भारत र अफगानिस्तान भिड्दैछन् ?
नेपाली समय अनुसार राति पौने ८ बजे दुवै टोली युएईको अबुधाबीमा भिड्नेछन् । सुपर १२ को समूह २ मा रहेका दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ।
लगातार दोस्रो पटक हारेको भारत प्रतियोगितामा रहन अफगानिस्तानलाई ठूलो अन्तरले हराउने दबाबमा छ । यस समूह (ग्रुप बी) बाट पाकिस्तान सेमिफाइनलमा पुगेकाले अब टोलीको टुंगो लाग्नेछ ।


