Sunday, July 12, 2026
Homeखेलकुदबेलिङहमको दुई गोलमा नर्वे पराजित, इङ्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा

बेलिङहमको दुई गोलमा नर्वे पराजित, इङ्ल्यान्ड विश्वकप २०२६ को सेमिफाइनलमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको क्वार्टरफाइनलमा इङ्ल्यान्डले नर्वेलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। आइतबार बिहान सम्पन्न रोमाञ्चक प्रतिस्पर्धामा जुड बेलिङहम नायक बने।

खेलको ३६औँ मिनेटमा नर्वेका मिडफिल्डर आन्द्रेयास सेल्डरपले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको इन्जुरी समयमा भने बेलिङहमले बराबरी गोल गर्दै इङ्ल्यान्डलाई खेलमा फर्काए।

निर्धारित ९० मिनेट १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो। अतिरिक्त समयमा बेलिङहमले व्यक्तिगत दोस्रो तथा इङ्ल्यान्डका लागि निर्णायक गोल गर्दै टोलीलाई २–१ को जित दिलाए।

यस जितसँगै इङ्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम चारमा प्रवेश गरेको छ भने नर्वेको यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका