Tuesday, July 21, 2026
Homeमनोरन्जनबल्छी धुर्वे फिल्म्सको फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

बल्छी धुर्वे फिल्म्सको फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक


काठमाडौं । चलचित्र *‘गोबर गणेश’*को शीर्ष गीत सार्वजनिक गरिएको छ। ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को स्वर छ भने शब्द तथा संगीत बाबुल गिरीले दिएका छन्।

क्याची र रमाइलो शैलीको गीतले चलचित्रको समग्र मुड प्रस्तुत गर्नुका साथै कथाको झल्को पनि दिन्छ। गीत, शब्द र संगीतमार्फत चलचित्रको आधारभूत कमेडी भाव प्रष्ट्याइएको छ।

गीतले सबै कुरामा अब्बल देखिने तर पढाइमा कमजोर पात्रको मनोविज्ञान र त्यसले आत्मविश्वासमा पार्ने प्रभावलाई उजागर गरेको छ। पढाइ कमजोर हुँदा समाज र साथीभाइबीच व्यक्तिले भोग्नुपर्ने नकारात्मक असरलाई गीतले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

गम्भीर विष्टको कोरियोग्राफी रहेको भिडियोमा मरिचमान श्रेष्ठ केन्द्रमा देखिएका छन्। उनीसँगै वर्षा शिवाकोटी र निर्मल शर्माले पनि उल्लेखनीय उपस्थिति जनाएका छन्।

मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)को निर्देशनमा बनेको चलचित्र ‘गोबर गणेश’ माघ १ गते रिलिज हुँदैछ। छायांकन सकिएको चलचित्र हाल पोस्ट–प्रोडक्सन चरणमा छ। बल्छी धुर्बे फिल्मसको प्रस्तुतिमा निर्माण भइरहेको यस चलचित्रमा मरिचमान र वर्षासँगै विनोद न्यौपाने, पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमल्सिना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी र स्वस्तिका लामिछानेलगायत कलाकारको अभिनय रहेको छ।

चलचित्रमा तारानाथ न्यौपाने चिफ एडी, योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको छायांकन (डीओपी) र विपीन मल्लको सम्पादन रहेको छ। टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनर ओएसआर डिजिटल हो। नेपालमा चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका