Monday, June 29, 2026
Homeअन्तराष्ट्रियफ्रान्समा स्काइ डाइभिङ विमान दुर्घटना, पाइलटसहित ११ जनाको मृत्यु

फ्रान्समा स्काइ डाइभिङ विमान दुर्घटना, पाइलटसहित ११ जनाको मृत्यु

काठमाडौं । उत्तरपूर्वी फ्रान्सको मुर्थे–एट–मोसेल क्षेत्रमा आइतबार भएको विमान दुर्घटनामा पाइलटसहित विमानमा सवार सबै ११ जनाको मृत्यु भएको छ।

न्यान्सी–एसे विमानस्थलबाट उडेको स्काइ डाइभिङ विमान टोम्ब्लेन कम्युन नजिकै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा एक जना पाइलट र १० जना स्काइ डाइभरको ज्यान गएको फ्रान्सेली टेलिभिजन बिएफएमटिभी ले जनाएको छ।

दुर्घटनापछि मुर्थे–एट–मोसेलका प्रिफेक्ट यभ सेगुईले घटनाको प्रभावकारी व्यवस्थापनका लागि विभागीय सञ्चालन केन्द्र तत्काल सक्रिय पारिएको जानकारी दिएका छन्। उनका अनुसार उद्धार, सुरक्षा तथा आपतकालीन सेवाका सबै सम्बन्धित निकाय परिचालन गरिएका छन्।

फ्रान्सको राष्ट्रिय प्रहरीले उद्धार कार्यमा अवरोध नहोस् भनेर सर्वसाधारणलाई दुर्घटनास्थलमा नजान र उक्त क्षेत्रबाट टाढा रहन आग्रह गरेको छ।

विमान दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन। सम्बन्धित निकायले घटनाबारे अनुसन्धान सुरु गरेको जनाइएको छ।

– सिन्ह्वा

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका