Sunday, April 19, 2026
Homeसूचना प्रविधिफेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

फेसबुक मेसेन्जरमा नयाँ फिचर, अरुले च्याटको स्क्रिनशट लिँदा थाहा पाइने

मेटा (फेसबुक) कम्पनीले आफ्नो फेसबुक मेसेन्जर प्लाटफर्मका लागि एकसाथ विभिन्न नयाँ अपडेट जारी गरेको छ ।

मेटाका सिइओ मार्क जुकरबर्ग आफैले फेसबुक पोस्ट मार्फत मेसेन्जरका नयाँ फिचरका बारेमा जानकारी

नयाँ अपडेटसँगै फेसबुक मेसेन्जरमा एउटा यस्तो फिचर आएको छ जसको प्रयोगकर्ताले लामो समयदेखि प्रतिक्षा गरिरहेका थिए । जस अनुसार गोप्य च्याटका लागि मेसेन्जरमा एण्ड टू एण्ड एन्क्रिप्सन फिचर सुरु भएको छ । यसका साथै अब मेसेन्जरमा यदि कसैले तपाईंसँगको च्याटको स्क्रिनशट लियो भने त्यसको अलर्ट अर्थात् सूचना तपाइँलाई प्राप्त हुनेछ ।

फेसबुक मेसेन्जरको नयाँ अपडेटसँगै स्वाइप टू रिप्लाइको फिचर पनि थपिएको छ । च्याटका अतिरिक्त फेसबुक मेसेन्जरको कल पनि अब एन्ड टू एण्ड एन्क्रिप्टेड हुनेछ । मेटाका अनुसार मेसेन्जरको सेक्रेट च्याट अब पहिलेको तुलनामा अझै उत्कृष्ट ढंगले सुरक्षित बनेको छ । मेटाले मेसेन्जरको Vanish Mode लाई स्क्रिनशट अलर्टमा परिवर्तन गरेको छ ।

मेसेन्जरमा सुरु भएको end to end encryption फिचर हालका लागि डिफल्ट भने छैन । सन् २०२२ को सुरुवातसँगै यसलाई मेसेन्जरमा डिफल्ट रुपमै सुरु गरिने अपेक्षा थियो, तर हालका लागि केवल सेक्रेट च्याटमा मात्र उपलब्ध छ । मेसेन्जरमा आमरुपमा यो फिचर आगामी वर्षदेखि सुरु हुने बताइएको छ ।

नयाँ अपडेटसँगै प्रयोगकर्ताले अब GIF तथा स्टिकरहरु पनि पठाउन सक्नेछन् । त्यस्तै कुनै मेसेजमा इमोजीबाट जवाफ फर्काउन सकिनेछ । यसका साथै प्रयोगकर्ताले कुनै मेसेजलाई धेरैबेर थिचेर वा स्वाइप गरेर पनि त्यसको जवाफ फर्काउन सक्नेछन् ।

नयाँ अपडेटसँगै अब प्रयोगकर्ताले सेक्रेट च्याटका भिडियो तथा फोटोहरुलाई सेभ गर्ने विकल्प पनि प्राप्त गर्नेछन् साथै फोटो तथा भिडियो पठाउनु अगाडि त्यसलाई इडिट गर्न पनि सकिनेछ ।

एजेन्सी

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका